दफा २४
प्राप्त गर्ने सुविधा
(१) विदेशी लगानी भएका उद्योगलाई यस ऐन बमोजिमका छुट, सुविधा, सहुलियत वा संरक्षणको अतिरिक्त प्रचलित औद्योगिक व्यवसाय ऐन र अन्य प्रचलित कानून बमोजिम उपलब्ध हुने छुट, सुविधा वा सहुलियत समेत प्रदान गरिनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी लगानी भएका उद्योगलाई प्रचलित कानून बमोजिम रुग्ण उद्योगले पाउने सुविधा उपलब्ध हुनेछैन।